अनौठो कर प्रणाली: दाह्री पाल्ने पुरुषदेखि अविवाहित युवायुवतीलाई समेत कर !



एजेन्सी । संसारभरका मुलुकहरुले आफ्नो मुलुकमा अनौठो प्रकारका करहरु लगाएका छन् । कुनै मुलुकले दाह्रीमा कर लगाएका छन् भने कुनै मुलुकले पिसाव वितरणमा पनि कर लगाएको पाइन्छ ।

कुनै समयमा रोममा विवाह नगरेका युवायुवतिको हकमा ब्याचलर कर लगाइएको थियो । यस्तै इग्ल्याण्डमा युवाले पाल्ने दाह्रीमाथि कर लगाइएको थियो ।

अनौठो कर लगाइएको क्रममा फ्रान्समा नुनमाथि कर लगाइएको थियो । जुन कर सन् १९४५ मा खारेज गरिएको थियो । यस्तै रुसको राजा पिटर द ग्रेटले सन् १७१८ मा आत्मामाथि नै कर लगाएका थिए । यो कर त्यस्तो व्यक्तिबाट असुल गरिन्थ्यो, जसले आत्मामाथि विश्वास गर्थे ।

यसै क्रममा अर्को रोचक कर भारतको केरल राज्यको पनि पाइएको छ । केरलमा १९ औं शताब्दीमा केरलको महिलामाथि कर लगाइएको थियो ।

केरलको त्रावणकोरका राजाले तत्कालीन समयमा कथित तल्लो जातिको महिलामाथि स्तन छोप्दा कर असुल्ने नियम लगाएका थिए । यसैगरी डेनमार्कमा गाईभैंसी पालन गर्ने किसानमाथि गाईभैंसी र गाईभैंसीको मलमुत्रबाट उत्सर्जन हुने ग्यासमाथि पनि कर लगाएको छ । यो अहिले पनि जारी छ ।

अनौठो करकै अर्को शिर्षक हो, टोपी कर । युकेको प्रधानमन्त्री विलियम पिटले सन् १७८४ मा पुरुषले लगाउने टोपीमाथि कर लगाएका थिए । सन् १८११ मा यो करलाई खारेज गरिएको थियो ।

इग्ल्याण्ड र वेल्सको तत्कालिन राजा विलियम तृतीयले सन् १६९६ मा घरको झ्यालमाथि लाग्ने गरी अनौठो कर लगाएका थिए । जुन घरमा १० भन्दा बढी झ्याल हुन्थ्यो, त्यो घरधनीबाट १० शिलिंङ कर राज्यलाई तिर्नु पर्थ्यो ।

यस्तै रोमको राजा वेस्पेसनले सार्वजनिक सौचालयबाट पिसाव वितरण गर्दा कर तिर्नुपने व्यवस्था गरेका थिए । पिसावमा अमोनियाको उपस्थित हुने भएकाले करको दायरामा ल्याइएको थियो । यस्तै जर्मनीमा सन् २००४ मा कर कानूनअनुसार वेश्यावृति पेशामा लागेका व्यक्तिले मासिक १५० यूरो कर तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

यसैगरी इङग्ल्याण्डका सम्राट हेनरी अष्टमले सन् १५३५ मा पुरुषले राख्ने दाह्रीमाथि कर लगाएका थिए । यो कर नीति यतिसम्म अनौठो थियो कि कर तिनुपर्ने व्यक्ति गायब हुँदा गायब हुने व्यक्तिको छिमेकीले अनिवार्य रुपमा कर तिर्नु तिर्नुपर्थ्यो ।

अनौठो करकै क्रममा रोमको सम्राट आगस्टसले ९ औं शताब्दीमा अविवाहित युवायुवतिमाथि कर लगाएका थिए । २० वर्षदेखि ६० वर्षका अविवाहितले यस्तो कर तिर्नुपर्ने व्यवस्था गरिएको थियो ।


क्लिकमान्डु