धनतेरसका दिन ४५ सय असर्फी बिक्यो, सिक्कासहित साढे १८ करोडको कारोबार



काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार १८ करोड ४९ लाख ७९ हजार ३७५ रुपैयाँको सून र चाँदीका सिक्का बेचेको छ ।

राष्ट्र बैंकको टक्सार महाशाखाले मंगलबार धनतेरसका दिन १८ करोड ४९ लाख ७९ हजार ३५७ रुपैयाँको सून र चाँदीको सिक्का बिक्री गरेको हो ।

टक्सार महाशाखाको निमित्त निर्देशक सम्झना ढकालले मंगलबार २.५ ग्रामको ४ हजार ५२० थान सूनको असर्फी र चाँदीका विभिन्न १६३ हजार ६०० सय थान मेडालियन बिक्री गरेको छ ।

उनका अनुसार २.५ ग्रामको सुनको असर्फी १६ करोड १६ लाख ५३ हजार रुपैयाँको बिक्री भएको छ । मंगलबार चाँदीका १३ हजार ६०० मेडालियन सिक्का बिक्री गरेको हो । जसमा लक्ष्मी मेडालियन ३३ सय, गणेश मेडालियन २६, गजलक्ष्मी मेडालियन २९ सय, गाई मेडालियन २५ ग्रामको २३ सय, गाई मेडालियन १० ग्रामको २५ सय थान बिक्री भएको ढकालले बताइन् ।

नेपाल राष्ट्र बैंकले एक दिन मात्रै सूनका असर्फी बिक्री गर्ने भएका कारण मंगलबार राति ११ बजेसम्म बिक्री गरेको थियो । आज भने चाँदीका सिक्का किन्नेको भिड मंगलबारको तुलनामा कम रहेको ढकालको भनाइ छ ।


क्लिकमान्डु