काठमाडौं महानगरले नेपाल र बंगलादेशबीचको फाइनल खेल तीन ठाउँमा लाइभ देखाउने
फाइनल खेलको प्रत्यक्ष प्रसारण: टुँडिखेल, चावहिल फुटबल ग्राउण्ड र सानो गौचरन (हाँडीगाउँ)बाट
काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप (साउथ एशियन फुटबल फेडेरेसन वुमन्स कप) २०२४ को फाइनल खेलमा आज नेपाली महिला फुटबल टिमले बंगालादेश विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
यो खेल हेर्न धेरै दर्शकहरुलाई चाहना भए पनि खेलमैदानमै पुगेर खेल हेर्ने अवसर सबैलाई प्राप्त हुन कठिन छ । यसकारण, काठमाडौं महानगरपालिकाले खेलमैदानमा पुग्न नसक्ने तर खेल मैदान जत्तिकै उत्साहका साथ खेल अवलोकन गर्ने अवसरका लागि टुँडिखेल, चावहिलको फुटबल ग्राउण्ड र सानो गौचरन (हाँडीगाउँ)मा एलइडी स्क्रिनबाट फाइनल खेलको प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाउनले तयारी गरेको छ ।
खेलको प्रवर्धन, खेलाडी, प्रशिक्षक र व्यवस्थापकको प्रोत्साहनका प्रदर्शन हुने प्रत्यक्ष प्रसारण खेल अवलोकनका लागि आफूलाई पायक पर्ने स्थानमा जान महानगरले फुटबल खेलप्रेमी दर्शकहरुलाई अनुरोध गरेको छ ।