धनतेरसको दिन सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । धनतेरसको दिन सुनको मूल्य हालसम्मकै उच्च भएको छ ।
१ हजार ५ सय रुपैयाँले बढेर सुनको मूल्य प्रति तोला १ लाख ६८ हजार ५ सय रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार १ लाख ६७ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । सोमबार ४ सय रुपैयाँले घटेको सुनको मूल्य धनतेरसको दिन १५०० रुपैयाँले तोलामा बढेको हो ।
चाँदी तोलामा २ हजार १ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी तोलामा ४० रुपैयाँले बढेको छ । सोमबार २ हजार ६५ रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो ।
हिन्दु परम्परामा सुन चाँदीका गरगहना तथा भाडाकुडा किन्ने चलन छ । सुन, चाँदीका पसलहरुमा भीडभाड हुने गर्छ । अघिल्ला वर्षहरु धन तेरसका दिन सबैभन्दा धेरै सुन चाँदीको कारोबार हुने गरेको थियो । पछिल्लो समय दैनिक रुपमा सुनचाँदीको भाउले नयाँ रेकर्ड बनाइरहेको छ ।