इरानमा इजरायलद्वारा हवाई आक्रमण



काठमाडौं । इरानले इजरायलमा आक्रमण गरेको २४ दिनपछि इजरायलले इरानमाथि व्यापक हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

टाइम्स अफ इजरायलका अनुसार इरानका विभिन्न स्थानमा शनिबार विहानैबाट व्यापक हवाई आक्रमण सुरु गरिएको छ।

इरानले पनि इजरायलले आफ्नो भूमिमा आक्रमण गरेको पुष्टि गरेको छ। यद्यपि आक्रमणबाट भएको क्षतिको विवरणहरु भने आइसकेको छैन्।

रिपोर्ट अनुसार इजरायलले इरानको राजधानी तेहरान तथा करजमा आक्रमण गरेको हो। फक्स न्युजका अनुसार इजरायलले इरानमाथि हमाला गर्नु केही अघि मात्र ह्वाइटहाउसलाई आक्रमणको सूचना दिएको जनाएको छ।

इजरायल डिफेन्स फोर्स (आइडिएफ) का प्रवक्ता डेनियल हगारीले इजरायलले अक्टोबर १ मा भएको आक्रमणको जवाफ दिएको बताए।

उनले इरानको सैन्य इलाकाहरुमा सटिक आक्रमण गरेको बताएका छन्। यसअघि ७ अक्टोबर २०२३ इता इरानले इजरायलको ७ स्थानमा आक्रमण गरेको भन्दै इजरायललाई जवाफी आक्रमणको अधिकार भएको प्रवक्ता डेनियलले बताए।

इरानी सरकारी सञ्चारमाध्यामका अनुसार विस्फोट इमाम खुमैनी अन्तर्राष्ट्रिय एयरपोर्टको नजिकै भएको बताए छन्। इजरायलले अहिलेसम्म कम्तीमा ७ मिसायलहरु प्रहार गरेको बताएको छ।

एयर स्ट्राइकपछि अमेरिकाले इजरायलको समर्थन गर्दे इरानलाई उसको आक्रमणको जवाफ दिने अधिकार भएको बताएको छ।

अमेरिकाका एक अधिकारीले सिएनएनसँग इरानमाथिको आक्रमणमा आफ्नो संलग्नता भने नरहेको बताएका छन्। ह्वाइटहाउस नेशनल सेक्युरिटी काउन्सिलका प्रवक्ताले इजरायलले आत्मरक्षाका लागि आक्रमण गरेको भए पनि ह्वाइटहाउस यसमा संलग्न नरहेको बताए।

यो सँगै इरानले आफ्नो एयर स्पेस बन्द गरेको छ। सिएनएनका अनुसार शनिबार विहान ९ बजे सम्म एयर स्पेस बन्द गरेको हो। फ्लाइड राडरका अनुसार आक्रमणको समयमा इरानको आकासमा ४ जहाजले उडान भरिरहेका थिए।


क्लिकमान्डु