सरकारविरुद्ध माओवादी केन्द्रले आज काठमाडौँमा खबरदारी सभा गर्दै

182
Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रले शनिवार काठमाडौँमा खबरदारी सभा आयोजना गर्ने भएको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको सय दिन पूर्णतः असफल रहेको निष्कर्ष निकालेको माओवादीले काठमाडौँमा खबरदारी सभा गर्न लागेको हो।

काठमाडौँको भृकुटीमण्डपमा सभा हुन लागेको माओवादी नेताहरूले बताएका छन्।

बिहान ११ बजे काठमाडौँ मलमा जम्मा हुन माओवादीले नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएको छ। काठमाडौँका विभिन्न स्थानमा जुलुस प्रदर्शन गर्दै भृकुटीमण्डपमा सभा गर्ने माओवादीले जनाएको छ।