ट्रम्पको कर योजनाले व्यापार युद्ध निम्त्याउने चेतावनी
एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति एवं डेमोक्रेटका राष्ट्रपति पदका उम्मेदवार डोनल्ड ट्रम्पले व्यापक रुपमा भन्सार शुल्क बढाउने योजना अगाडि सारेसँगै विश्वभरका अर्थशास्त्रीहरुले चिन्ता व्यक्त गरिरहेका बेला अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले पनि चिन्ता व्यक्त गरेको छ।
कतिपय अर्थशास्त्रीहरुले ट्रम्पको योजनाले विश्वभर व्यापार युद्ध निम्त्याउने चेवानी दिइरहेका छन् । यस्तैमा आईएमएफले पनि यसलाई लिएर चिन्ता व्यक्त गरेको छ ।
विश्वका प्रमुख अर्थतन्त्र व्यवस्थाहरुबीच यदि व्यापार युद्ध भएमा विश्व अर्थतन्त्र संयुक्त फ्रेन्च र जर्मन अर्थतन्त्रको आकारमा संकुचित हुनसक्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले जनाएको छ ।
अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प फेरि राष्ट्रपतिमा निर्वाचित हुने सम्भावनाबारे तर्कहरु आइरहँदा आईएमएफले यस्तो चिन्ता व्यक्त गरेको हो ।
जवकि डोनल्ड ट्रम्पले अमेरिका आयात हुने सबै सामानमा २० प्रतिशतसम्म कर तथा भन्सार वृद्धि गर्ने योजना सार्वजनिक गरिरहेका बेला त्यसले विश्व अर्थतन्त्रमा असर पार्ने चिन्ता उठिरहेको छ ।
युरोपियन युनियनले भने यसअघि नै यदि अमेरिकाले यस्तो योजना अगाडि सारेको खण्डमा आफूले पनि प्रतिवाद गर्ने चेतावनी दिइसकेको छ ।
गत साता ट्रम्पले भनेका थिए, ‘भन्सार शुल्क शब्दकोषको सबैभन्दा सुन्दर शब्द हो ।’ तर ट्रम्पको यस्तो प्रतिक्रियालाई विश्वका अन्य देशका अर्थमन्त्रीहरुले भने गम्भीर रुपमा लिएका छन् ।
आईएमएफकी उपप्रमुख गीता गोपिनाथले आईएमएफले अहिलेसम्म ट्रम्पको व्यापार योजनाको विवरणहरुको मूल्यांकन गर्न नसक्ने भन्दै यदि ट्रम्पले भने जस्तै भन्सार शुल्कको व्यापक रुपमा प्रयोग गरेको खण्डमा विश्वभर जीडीपी अर्थात् घरेलु उत्पादनमा ७ प्रतिशतले घाटा हुने चेतावनी दिएकी छन् ।
यसैगरी ट्रम्पले भने जस्तो भन्सार शुल्क व्यापक रुपमा बढाउँदा कतिपय देशहरुले ठूलो मात्रामा आर्थिक नोक्सान व्योहोर्नुपर्ने तर फ्रान्स र जर्मनीको अर्थतन्त्रहरु समाप्त हुनसक्ने गोपिनाथले बताएकी छन् ।
यस्तै अर्बौं डलरको भन्सार लगाउँदा विगत २/३ दशकको भन्दा धेरै फरक अवस्था हुने पनि गोपीनाथले चिन्ता व्यक्त गरिन् । र त्यसले विश्वव्यापी रुपमा सरकारी ऋणलाई व्यापक रुपमा बढाउने पनि आईएमएफको चिन्ता छ ।
यसैगरी अर्थतन्त्रमा अतिरिक्त झट्का लाग्ने पनि आईएमएफले चेतावनी दिएको छ । र यसको समाधानका लागि सबैले तयारी गर्नुपर्ने समय आएको आईएमएफको सुझाव छ ।
अमेरिकी च्यानल एबीसी न्युजका अनुसार ट्रम्पको भन्सार शुल्कको प्रस्तावले विश्वव्यापी रुपमा व्यापार युद्धलाई निम्त्याउने अर्थशास्त्रीहरुले चेतावनी दिएका छन् । यसले अमेरिकी निर्यातकर्ताहरुको विक्री १० प्रतिशतले घटाउने उनीहरुको चिन्ता छ ।