तीन महिनामा ४ खर्बको आयात, साढे ३८ अर्बको निर्यात




काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा ३ खर्ब ९० अर्ब ७५ करोड २३ लाख २१ हजार रुपैयाँ आयात भएको छ ।
गत आवको सोही अवधिको तुलनामा आयात ४.१७ प्रतिशतले घटेको छ ।

गत आवको तीन महिनामा नेपालमा ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख ७५ हजार रुपैयाँको वस्तु तथा सेवा आयात भएको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार चालु आवको तीन महिनामा आयात मात्रै नभएर निर्यात समेत घटेको छ । असोज मसान्तसम्म निर्यात ६.११ प्रतिशतले घटेर ३८ अर्ब ३७ करोड ८७ लाख १७ हजार रुपैयाँमा सिमित भएको छ । गत आवको सोही अवधिमा ४० अर्ब ८७ करोड ४८ लाख ९१ हजार रुपैयाँको निर्यात भएको थियो ।

असोज मसान्तसम्म ब्यापार घाटा ३ खर्ब ५२ अर्ब ३७ करोड ३६ लाख ४ हजार रुपैयाँ रहेको छ । असोज मसान्तसम्म नेपालको वैदेशिक व्यापार ४ खर्ब २९ अर्ब १३ करोड १० लाख ३८ हजार रुपैयाँ पुगेको छ ।


क्लिकमान्डु