कामना सेवा विकास बैंकको नाफा ४६.४० प्रतिशतले बढ्यो, इपिएस कति ?



काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा कामना सेवा विकास बैंकको नाफा ४६.४० प्रतिशतले बढेर १७ करोड ४९ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।

गत आवको सोही अवधिमा बैंकको नाफा ११ करोड ९५ लाख २१ हजार रुपैयाँ रहेको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै बैंकको नाफा बढ्न सहयोग पुगेको छ ।

असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ५.६७ प्रतिशतले बढेर ५१ करोड ८७ लाख ४१ हजार रुपैयाँ पुगेको छ । यस्तै
संचालना नाफा ४२.५६ प्रतिशतले बढेर २५ करोड ६७ लाख ५६ हजार रुपैयाँ पुगेको छ ।

असोज मसान्तसम्म बैंकको वितरणयोग्य नाफा २० करोड ९८ लाख ४४ हजार रुपैयाँ रहेको छ । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख ४६ हजार र जगेडा कोषमा १ अर्ब ६९ कोड ३२ लाख २६ हजार रुपैयाँ छ ।

६० अर्ब ७५ करोड ५३ लाख ८९ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ४७ अर्ब ४० करोड ६७ लाख ११ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

हाल बैंकको प्रतिसेयर आम्दानी (इपिएस) १९ रुपैयाँ ९४ पैसा छ । गत आवको सोही अवधिमा १४ रुपैयाँ ५७ पैसा रहेको थियो । बैंकको खराब कर्जा ३.९६ प्रतिशत रहेको छ । जुन गत आवको सोही अवधिमा ३.४८ प्रतिशत रहेको थियो ।


क्लिकमान्डु