नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ३.८२ प्रतिशतले घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ३.८२ प्रतिशतले घटेर १ अर्ब ४६ करोड ४० लाख ७५ हजार रुपैयाँ रहेको छ।

गत आवको असोज मसान्तसम्म बैंकले १ अर्ब ५२ करोड २२ लाख ९९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

असोज मसान्तसम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब ५१ करोड ५ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.८३ प्रतिशतले घटेर ३ अर्ब ८७ करोड ६७ लाख ६५ हजार रुपैयाँ रहेको छ । यस्तै संचालन नाफा १९.६३ प्रतिशतले घटेर २ अर्ब ९ करोड ४१ लाख रुपैयाँ रहेको छ। बैंकको ब्याज आम्दानी र संचालन नाफा घट्ना त्यसको असर नाफामा देखिएको छ ।

असोज मसान्तसम्म बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २८ अर्ब ७८ करोड ९ लाख रुपैयाँ रहेको छ ।

बैंकले यो अवधिमा ४ खर्ब ३३ अर्ब ३२ करोड ७९ लाख रुपैयाँ निक्षेप संकलन गरेर ३ खर्ब २४ अर्ब ४४ करोड ४५ लाख ५७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ।

बैंकको खराब कर्जा १.९९ प्रतिशत रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ १६ पैसा र प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ ३३ पैसा रहेको छ ।


क्लिकमान्डु