आन्दोलनका लागि तयार रहन पार्टी संरचनालाई जनमत पार्टीको निर्देशन



काठमाडौं। जनमत पार्टीले आन्दोलनका लागि तयार रहन पार्टी संरचनालाई निर्देशन दिएको छ । आइतबार काठमाडौंको नयाँ बानेश्वरस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय सचिवालयले आन्दोलनका लागि पार्टी संगठनहरुलाई तयार रहन निर्देशन दिएको हो।

देशको विषम परिस्थितिलाई दृष्टिगत गर्दै आन्दोलनको तयारी गरिएको पनि जनमत पार्टीले उल्लेख गरेको छ । यद्यपि कुन परिस्थिति र केका लागि आन्दोलन गर्ने भन्ने विषयमा जनमत पार्टीले विस्तृतमा उल्लेख गरेको छैन ।

यसैगरी जनमत पार्टीको केन्द्रीय सचिवालय बैठकले २०८१ मङ्सिरमा हुने स्थानीय उपनिर्वाचनका लागि जिल्ला इन्चार्जको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय समेत गरेको छ ।

उक्त समितिमा निर्वाचन हुने वडा र पालिकाका केन्द्रीय समिति सदस्य, राष्ट्रिय परिषद् सदस्य, प्रदेश सदस्य, पालिका अध्यक्ष, पालिकाका पूर्वअध्यक्ष, वडाअध्यक्ष र वडाका पूर्वअध्यक्ष रहनेछन् ।


क्लिकमान्डु