इन्टरनेट वा स्मार्टफोनबिना बैंकको पैसा सार्न सकिने यूएसएसडी कार्यान्वयनमा राष्ट्र बैंकको जोड



काठमाडौं । नेपाल राष्ट्र बैंकले अनस्ट्रक्चर्ड सप्लिमेन्ट्री सर्भिस डाटा (यूएसएसडी) भुक्तानी प्रणालीका विषयमा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।

शुक्रबार राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा युएसएसडी प्रणालीको विकासका लागी गर्नु पर्ने कानुनी र नीतिगत विषय समेटिएको राष्ट्र बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जिएसएम नेटवर्कका आधारमा कारोबार हुने युएसएसडी सेवाले मूलधारको बैंकिङ सेवा पाउन नसकेका पिछडिएको क्षेत्रका जनतामा बैंकिङ सेवा पुर्‍याउन सहयोग गर्ने राष्ट्र बैंकको अध्ययन समितिको निष्कर्ष छ ।

इन्टरनेट वा स्मार्टफोन नभए पनि यो सेवा प्रयोग गर्दै एक खातामा रहेको पैसा अर्को खातामा सार्न सकिने तथा मोबाइल फोनको नेटवर्क मात्रै भएका ठाउँमा समेत बैंकिङ कारोबार हुन सक्ने प्रतिवेदनमा उल्लेख छ । यसट्रिकबाट सुरु भई ह्यासमा अन्त्य हुने युएसएसडी रियल टाइम म्यासेजिङ कम्नीकेसन भएको राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिदेनमा उल्लेख छ ।

युएसएसडी सेवा भुक्तानीका लागी सस्तो, सुरक्षित, छिटो र सहज प्रविधि भएको तथा अफलाइन भुक्तानीका लागी महत्त्वपूर्ण हुने प्रतिवेदनमा जनाइएको छ ।

‘यस प्रणालीलाई आवश्यक पर्ने मुख्य प्राविधिक पूर्वाधार युएसएसडी गेटवे दूरसञ्चार सेवा प्रदायकहरूको स्वामित्वमा रहने भएकाले उक्त प्रणालीको सहजीकरण, नियमन तथा सुपरिवेक्षणमा केन्द्रीय बैंक र नेपाल दूरसञ्चार प्राधिकरणको नियामयकी व्यवस्थाबिच समन्वय हुनुपर्ने आवश्यकता देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘उक्त प्रणालीको प्रभावकारी प्रयोग गरिएका मुलुकहरूको विश्लेषण गर्दा ती मुलुकमा एपमा आधारित आधुनिक विद्युतीय भुक्तानीका उपकरणहरू प्रयोगमा आउनुअघि उक्त प्रणालीको सुरुआत भएको थियो।’

इन्टरनेट नभए पनि फोनको सामान्य फिचर प्रयोग नगरी वित्तीय कारोबार गर्न सहयोग गर्ने युएसएसडी सेवा कार्यान्वयन गर्न सरकारका निकाय बिच समन्वय आवश्यक भएको विषयलाई प्रतिदेनमा उठाइएको छ ।

नेपाल राष्ट्र बैंकको ‘चौथो रणनीतिक योजनाको रणनीति पिलर ४ मा युएसएसडीमा आधारित भुक्तानी प्रणालीका विषयमा अध्ययन गर्ने विषय समेटिएको थियो । सोही योजना अनुसार र उक्त प्रणालीसम्बन्धी आवश्यक नियामयकी व्यवस्थालाई समेटेर प्रतिवेदन तयारी गरिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिवेदनमा युएसएसडीमा आधारित भुक्तानी प्रणालीको परिचय, प्राविधिक बनावट तथा कारोबार प्रक्रिया, फाइदा तथा चुनौती, उक्त प्रणालीका सन्दर्भमा विभिन्न मुलुकमा प्रचलित महत्त्वपूर्ण नीतिगत व्यवस्थाको विश्लेषणसहित नेपालको सन्दर्भमा उक्त प्रणालीको सम्भावना, अवसर तथा चुनौती र आवश्यक नियामयकी तथा नीतिगत व्यवस्थासम्बन्धी सुझाव समेटिएका छन् ।

युएसएसडीमा आधारित भुक्तानी प्रणालीमार्फत इन्टरनेट वा स्मार्टफोनविना पनि भुक्तानी सेवाहरू उपयोग गर्न सकिने भएकोले विभिन्न मुलुकमा यो प्रणालीलाई अफलाइन भुक्तानी प्रणालीको रूपमा प्रयोगमा ल्याएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, युएसएसडी प्रणालीले वित्तीय समावेशीकरण एवम् विद्युतीय भुक्तानीमा पहुँच बढाउन सहयोग गरिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

नेपालमा युएसएसडीमा आधारित भुक्तानी प्रणाली सन् २०२१ बाट नेपाल टेलिकमले नमस्ते पे बाट सुरु गरेको थियो । तर, एपमा आधारित भुक्तानी प्रणाली सन् २०१० बाट सुरु भएको राष्ट्र बैंकले जनाएको छ । विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाको बचत हिनामिना आरोपमा सहकारीका सञ्चालक र ऋणीविरुद्ध मुद्दा दायर भएको छ ।


क्लिकमान्डु