यी हुन् सिटिजन्स बैंकका २२ ठूला सेयरधनी



काठमाडौं । सिटिजन्स बैंकको ठूला सेयरधनीमा २२ व्यक्ति तथा कम्पनी रहेका छन् । बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व नागरिक लगानी कोष ३.३५ प्रतिशत रहेको छ ।

यस्तै बैंकमा उर्मिला पाण्डेको ३.३० प्रतिशत, बिजेन्द्र जोशीको १.५९ प्रतिशत, मनोहर दास मूलको १.३७ प्रतिशत, दिग्विजय बिष्टको १.३० प्रतिशत, तारा विष्टको १.३० प्रतिशत, पवित्र कुमार कार्कीको १.२८ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै रविन्द्र मान सिंह प्रधानको १.२८ प्रतिशत, सावित्री शर्माको १.१८ प्रतिशत, रमेश शर्माको १.०२ प्रतिशत, सोनी जोशीको ०.९४ प्रतिशत, अर्जुन प्रसाद शर्माको ०.८४ प्रतिशत, जगन्नाथ ज्ञवालीको ०.७३ प्रतिशत, डा. शंकर प्रसाद शर्माको ०.७३ प्रतिशत, विष्णु पसाद पौखरेलको ०.७१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै बैंकमा सुलोचन राज राजभण्डारीको ०.६८ प्रतिशत, नरेन्द्र कुमार देव भट्टको ०.५९ प्रतिशत, प्रमिला नेपालको ०.५६ प्रतिशत, रमिता भट्टराईको ०.५४ प्रतिशत, मनिता भट्टराईको ०.५४ प्रतिशत, प्रताप जंग पाण्डेको ०.५२ प्रतिशत र राजेश खड्काको ०.५१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।


क्लिकमान्डु