प्रणालीमा अधिक तरलता भएपछि बजारबाट एक खर्ब तान्दै राष्ट्र बैंक



काठमाडौं । बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज एक खर्ब रुपैयाँ तान्ने भएको छ ।

बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएपछि १ खर्ब रुपैयाँ तान्न लागेको हो ।

राष्ट्र बैंकले निक्षेप संकलन उपकरण मार्फत उक्त रकम तानेको हो । केन्द्रीय बैंकले आज बोलकबोल गर्दै छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले आज ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । केन्द्रिय बैंकले १३ दिनका लागि उक्त उपकरण जारी गर्न लागेको हो ।

यसको साँवा र ब्याज भुक्तानी कात्तिक १४ गते हुनेछ । ब्याजदर बोलकबोल मार्फत हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्ने जनाइएको छ ।


क्लिकमान्डु