कामना सेवा विकास बैंकको लाभांश पारित



काठमाडौं । कामना सेवा विकास बैंकको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सभाले सेयरधनीलाई दिन प्रस्ताव गरेको लाभांश पारित गरेको छ ।

सभाबाट ७ प्रतिशत बोनस सेयर तथा करसहित ५ प्रतिशत नगद लाभांश सहित १२ प्रतिशत लाभांश पारित गरेको छ ।

सभाले लेखा परीक्षकको प्रतिवेदन सहित आव २०८०/८१ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आवको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब लगायत वित्तिय विवरणसँग सम्बन्धित अनुसूचीहरु सर्वसम्मतीले पारित गरेको छ ।


क्लिकमान्डु