प्रधानमन्त्रीको आक्रोश: सरकारसँग झण्डै दुईतिहाइ छ, यो खरानीको डल्लो हैन !



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार बलियो रहेको भन्दै सरकार परिर्वतनको हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।

बुधबार प्रहरी दिवसमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । हरेक दिन सरकार परिवर्तन हुने हल्ला सुनेको भन्दै यो सरकार दुईतिहाइ नजिक रहेको बताए ।

साथै अब आफूले करिब एक वर्ष ९ महिना सरकारको नेतृत्व गरेपछि कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने उनले बताएका थिए । सरकार नियमित रुपमा आफैं फेरिने भन्दै सरकार फेरिने हल्लाको पछाडि नलाग्न बताएका थिए ।

यस्तै २०८४ सालको चुनाव देउवा सरकारले नै गराउने तर सरकार फेरिने हल्लामा नलाग्न उनले चेतावनी दिएका थिए । यस्ता हल्लाप्रति उनले आक्रोश व्यक्त गरेका थिए ।’सरकारसँग लगभग दुईतिहाइ मत छ भन्ने सबैमा हेक्का रहोस् । यो खरानीको डल्लो होइन,’ ओलीले भने ।


क्लिकमान्डु