धम्कीपछि क्यानडा डाइभर्ट गरिएको एयर इन्डियाको विमान सिकागोतर्फ उड्यो



एजेन्सी । क्यानडाको इक्लुइट एयरपोर्टमा अवतरण गरिएको एयर इन्डियाको फ्लाइट एआई १२७ का यात्रुहरुलाई क्यानडाले अमेरिकाको सिकागोतर्फ फिर्ता पठाएको छ । एयर इन्डियाले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको छ ।

एयर इन्डियाले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ, ‘एयर इन्डिया यो जानकारी दिन पाउँदा खुसी छ कि फ्लाइट एआई १२७ का यात्रुहरुलाई अक्टोबर १५ मा क्यानडाको इक्लुइटमा अवतरण गरिएको थियो । अब उनीहरुलाई सिकागो पठाइएको छ ।’

एयर इन्डियाको विज्ञप्ति अनुसार यात्रुहरुलाई क्यानडाको वायु सेनाको विमानमा पठाइएको हो । जुन इक्लुइटबाट ३ बजेर ५४ मिनेटमा उडान गरिएको थियो । र ७ बजेर ४८ मिनेटमा उनीहरु सिकागो पुग्ने अपेक्षा गरिएको छ ।

एयर इन्डियाले क्यानडाको प्रशासन तथा सरकारी अधिकारीहरुप्रति आभार व्यक्त गरेको छ । अक्टोबर १५ मा सिकागोतर्फ जाने एयर इन्डियाको फ्लाइट एआई १२७ लाई बमले उडाइदिने धम्की आएपछि उक्त विमानलाई सावधानीपूर्वक क्यानडाको इक्लुइट विमानस्थलमा अवतरण गरिएको थियो ।

उक्त विमानका यात्रुहरुलाई इक्लुइटबाट पुन:सिकागोतर्फ पठाइएको हो । भारत र क्यानडाबीच द्वन्द्वका बीच भारतीय विमान कम्पनी एयर इन्डियाले यस्तो समस्या झेल्नु परेको हो । यसअघि भारत र क्यानडाले एक अर्काका काउन्सुलरसहित उच्चस्तरीय कूटनीतिज्ञहरुलाई फिर्ता गरिसकेका छन् ।

भारतले ४ क्यानडाका ६ जना उच्च कूटनीतिज्ञहरुलाई १९ अक्टोबरसम्म देश छाड्न धम्की दिएको थियो । त्यस्तै क्यानडाले पनि भारतीय कूटनीतिज्ञलाई हत्याको आरोप लगाउँदै देशबाट निष्कासन गरेको थियो । क्यानडामा भारतीय मूलका हरजित सिंहको हत्यासँगै उत्पन्न विवादले दुई देशबीचको सम्बन्ध टुंगिने अवस्थामा पुगेको छ ।


क्लिकमान्डु