अब स्टयाण्डर्ड चार्टर्ड बैंक सातै प्रदेशमा



काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको शाखा सातै प्रदेशमा पुगेको छ ।

बैंकले कर्णाली प्रदेशको बिरेन्द्रनगर र सुदुर पश्चिम प्रदेशको धनगढी कैलाली नयाँ शाखा विस्तार गरेको छ । योसँगै बैंकको सेवा सातै प्रदेशमा पुगेको छ ।

बैंकले २०८१ असोज १९ गते कर्णाली प्रदेशको बिरेन्द्रनगर, सुर्खेत र २०८१ असोज २० गते सुदुर पश्चिम प्रदेशको धनगढी, कैलालीमा एकै साथ दुईवटा शाखा कार्यालयहरूको उद्घाटन गरेको छ ।

उक्त शाखा कार्यालयहरूको स्थापनासँगै बैंकले नेपालका सातै प्रदेशहरूमा आफ्नो शाखा विस्तार गरेको हो ।

दुवै शाखा कार्यालयहरूको उद्घाटन राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भर्चुअल रूपमा गरेका हुन् ।


क्लिकमान्डु