डेडिकेटेड, ट्रङ्क लाइनको बक्यौता कात्तिक ८ गतेसम्म बुझाउन ४९ उद्योगलाई प्राधिकरणको निर्देशन



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनको बक्यौता बुझाउन ४९ वटा उद्योगलाई निर्देशन दिएको छ ।

प्राधिकरणले ४९ वटा उद्योगको नाममा सूचना जारी गर्दै कात्तिक ८ गतेभित्र बक्यौता तिर्न निर्देशन दिएको जनाएको छ । उक्त अवधिभित्र बक्यौता नबुझाए कानुन बमोजिम असुल उपर गरिने जनाएको छ ।

‘नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०६१-०१-२७ को निर्णय तथा नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको मिति २०८१-०४-०७ को ९७९ औं बैठकको निर्णयानुसार डेडिकेटेड फिडर तथा ट्रक लाइन मार्फत विद्युत उपभोग गरे बापत तिर्नुपर्ने २०७२ माघदेखि २०७५ वैशाख सम्मको बक्यौता विद्युत महसुल बुझाउनका लागि वितरण केन्द्रहरूबाट विभिन्न मितिमा पत्राचार भएकै छ’ सूचनामा भनिएको छ, ‘सो सम्बन्धमा तपसिलका उपभोक्ताहरूले उल्लिखित अवधिको वक्यौता विद्युत महसुल मिति २०८१ साल कात्तिक ८ गतेभित्र बुझाउनुहुन जानकारी गराइन्छ । तोकिएको समयमा महसुल प्राप्त नभएमा कानून बमोजिम असुल उपर गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।’


क्लिकमान्डु