सानिमा बैंकको लाभांश घोषणा




काठमाडौं । सानिमा बैंकले लाभांश घोषणा गरेको छ ।

असोज २१ गते बसेको बैंक सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको हो । बैंकले करसहित ५.२६३२ प्रतिशत लाभांश घोषणा गरेको छ ।

यो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी आवको साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु