बाढीपहिरो पीडितका लागि सानिमा बैंकको २५ लाख सहयोग



काठमाडौं । बाढीपहिरो पीडितहरुको पुनर्स्थापना तथा राहतका लागि सानिमा बैंकले २५ लाख रुपैयाँ सहयोग गरेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बैंकले २५ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाले निम्त्याएको बाढी, पहिरो र डुबानबाट पुगेको क्षतिबाट प्रभावितलाई सहयोग गर्न राहत स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरेको हो । उक्त सहयोगबाट पीडितहरुको पुनर्स्थापना तथा राहतमा योगदान पुग्ने बैंकले अपेक्षा गरेको छ ।

बैंकले यसअघि पनि विभिन्न विपदको क्रममा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्दै आएको छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा एटीएम संचालनमा रहेका छन् ।


क्लिकमान्डु