दशैंमा ईभी चार्ज गर्न नपाएर दिनभरी बस्नुपर्ने अवस्था आउँदैन: सागरमणि ज्ञवाली (भिडियो)

'प्राधिकरणको चार्जिङ स्टेसनमा महसुल कम भएकाले भीड लागेको हो'



काठमाडौं । सरकारको करमा सहुलियत दिएकाले नेपालमा विद्युतीय सवारीसाधनको बाढी छ ।

सरकारी तथ्यांकका अनुसार ३० हजार युनिटभन्दा बढी साना ठूला ईभी छन् । गाडी आयात गर्ने केहि बाहेकका कम्पनीहरुले इको सिस्टम बनाएका छैनन् । चार्जिङ स्टेसनहरु पर्याप्त नभएका कारण लामो समयसम्म लाइनमा बस्नुपर्ने बाध्यात्मक अवस्था समेत छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार अहिले सबै खालका गरी ५०० चार्जिङ स्टेसन सञ्चालनमा छन् । निजी क्षेत्रको चौधरी ग्रुपले सबैभन्दा धेरै २०० वटा चार्जिङ स्टेसनहरु निर्माण गरेको छ । बिवाईडीले ७० वटा चार्जिङ स्टेसन निर्माण गरिरहेको छ । अरु केहि कम्पनीका समेत छन् । प्राधिकरणले ३ लाख युनिट ईभी गाडीका लागि बेचिरहेको छ ।

दशैमा सबैभन्दा धेरै चार्जिङ स्टेसनहरु प्याक हुने गर्छन् । गत वर्षको दशैमा चार्ज गर्न नपाएर ईभी प्रयोगकर्ताहरु वैकल्पिक सवारीसाधनबाट फर्किनु परेको थियो । चार्जिङ स्टेसनहरुको भीडको तस्बीर र भिडियोहरु भाइरल भइरहेका थिए ।

नेपाल विद्युत प्राधिकरणका विद्युतीय चार्जिङ स्टेसन पूर्वाधार विकास आयोजना प्रमुख सागरमणि ज्ञवालीसँग क्लिकमान्डुका दिनेश खड्काले गरेको कुराकानी-


दिनेश खड्का