यी हुन् एभरेष्ट बैंकका ठूला सेयरधनी, सबैभन्दा बढी भारतीय पन्जाब नेशनल बैंकको



काठमाडौं । एभरेष्ट बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व भारतीय बैंक सहित ६ व्यक्ति र एक प्रा.लिको रहेको छ ।

बैंकका अनुसार सबैभन्दा बढी सेयर स्वामित्व पन्जाब नेशनल बैंकको २०.०३ प्रतिशत रहेको छ । पन्जाब नेशनल बैंकको २०.०३ प्रतिशत अर्थात २ करोड ३५ लाख ६५ हजार १२० कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै बैंकमा प्रतिमा श्रेष्ठको सेयर स्वामित्व १४.७७ प्रतिशत अर्थात १ करोड ७३ लाख ८६ हजार ७२२ कित्ता रहेको छ । यस्तै स्व.बिष्णु कृष्ण श्रेष्ठको ९.१८ प्रतिशत अर्थात १ करोड ८ लाख ३ हजार ६६२ कित्ता, रवि कृष्ण श्रेष्ठको १.८८ प्रतिशत अर्थात २२ लाख १३ हजार ८३८ कित्ता, किरण कृष्ण श्रेष्ठको १.८८ प्रतिशत अर्थात २२ लाख १३ हजार ८३८ कित्ता, शान्त देव पाठकको १.१८ प्रतिशत अर्थात १३ लाख ८३ हजार ८९१ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै अरुण मान शेरचनको ०.९५ प्रतिशत अर्थात ११ लाख १२ हजार १७९ कित्ता र होटल स्नो लायनको ९.३१ प्रतिशत अर्थात १ करोड ९ लाख ४९ हजार ७६९ कित्ता सेयर स्वामित्व रहेको छ । सर्वसाधारणको भने ४०.८३ प्रतिशत अर्थात ४ करोड ३६ लाख ८० हजार ५० हजार २० कित्ता सेयर स्वामित्व रहेको छ ।


क्लिकमान्डु