अन्नपूर्ण होटलमा भित्रियो भारतीय चेन होटल आईटीसी, ६ अर्ब लगानीमा लक्जरियस होटल बन्दै



काठमाडौं । दरबारमार्गको ५ तारे होटल डेल’ अन्नपूर्णमा भारतीय होटल समूह आईटीसी भित्रिएको छ । भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङ र लिटिल एन्जल्सका सञ्चालक उमेश श्रेष्ठ समूहले होटलको बहुमत शेयर खरिद गरेपछि यो होटललाई अन्नपूर्ण स्वायर बनाएर नयाँ ब्राण्डिङ गरेपछि भारतीय प्रिमियर ब्राण्ड आईटीसी वेलकम भित्र्याउने समझादारीसमेत गरेको छ ।

नेपालमा ५ दशक भन्दा लामो व्यवसायिक विरासत बोकेको अन्नपूर्ण होटललाई गुरुङ-श्रेष्ठ समूहले लिएपछि अन्नपूर्ण स्क्वायर बनाएका छन् । यो होटलमा अन्टर्राष्ट्रिय चेन होटल भित्र्याउने विषयमा बिहीबार अन्नपूर्ण स्क्वायर र भारतीय चेन होटल आईसीटी हस्पिटालिटीबीच सम्झौता भएको छ । काठमाडौंको केसरमहल स्थित गार्डेन अफ ड्रिम्समा बिहीबार एक सम्झौतापत्र हस्ताक्षर गरिएको हो ।

अन्नपूर्णमा नयाँ सञ्चालक भित्रिएसँगै होटल पूरै भत्काएर नयाँ बनाउने काम भइरहेको छ । यो होटल नयाँ संरचनामा बनाउने र २०८५ को वैशाखदेखि सञचालनमा ल्याउनेसम्मको तयारी भएको अन्नपूर्ण स्क्वायर का अध्यक्ष मीनबहादुर गुरुङले सम्झौता कार्यक्रमा बताएका छन् ।

उनले अन्नपूर्णलाई दक्षिण एसियाकै उत्कृष्ट होटल बनाउने उद्देश्य राखेको समेत बताए । उनले यो होटललाई नेपालको लक्जरी आतिथ्यताको होटल बनाउने पनि बताए । गुरुङले भाटभटेनी सानो क्षेत्रबाट सुरु गरेर अहिले देशव्यापी बनाएको कथासँग जोडर होटललाई अन्नर्राष्ट्रिय क्षेत्रमा परिचित गराउनेसम्म बताए ।

होटलमा ६ अर्ब रुपैयाँभन्दा बढी लगानी हुने अनुमान नयाँ लगानीकर्ताको छ । यो होटल अन्तराष्ट्रिय चेन भएसँगै ३३० कोठाको हुने भएको छ । होटल परिसममै विजनेस कम्प्लेक्ससहितको ४० वटा अपार्टमेन्टसमेत हुने छ ।


क्लिकमान्डु