दुर्गा प्रसाईंलाई छाड्न जिल्ला अदालतले माग्यो १ लाख धरौटी



काठमाडौं । व्यवसायी दुर्गा प्रसाईलाई १ लाख धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

साइबर अपराधमा पक्राउ परेका प्रसाईलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले १ लाख धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी मेलिस बास्कोटाले बताए ।

‘प्रहरीले प्रसाई विरुद्ध सोमबार २ वटा मुद्दा दायर गरेको थियो’ उनले भने ‘आज मंगलबार थुनछेक बहसका क्रममा इजलासले साइबरसम्बन्धी २ वटा मुद्दामा ५०-५० हजार धरौटी माग गरिएको छ ।’

प्रसाईले विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कसुर गरेको भन्दै ५ वर्षसम्म कैद सजाय मागदाबी गर्दै मुद्दा दायर गरिएको थियो । प्रसाई ९ दिनअघि पक्राउ परेका थिए ।


क्लिकमान्डु