आजदेखि दशैंका लागि सुकिला नोट साट्न सकिने



काठमाडौं । नेपाल राष्ट्र बैंकले यसवर्षको दशैंका लागि आजदेखि साना दरका सुकिला नोट साटने भएको छ ।

केन्द्रीय बैंकले सूचना जारी गर्दै आजदेखि २२ गतेसम्म सुकिला नोट साटन सक्ने जनाएको छ । यसवर्ष नयाँ नोट भने नसाटने भएको छ ।

‘२०८१ सालको बडा दसैंमा माग हुने साना दरका नोट सटहीको लागि यस बैंकको मुद्रा व्यवस्थापन विभाग, बैकिङ विभाग र प्रदेशस्थित कार्यालयहरू (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) बाट मिति २०८१-०६-१३ देखि २०८१-०६-२२ गतेसम्म सुकिला नोट सटही गर्न सकिने ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ सूचना भनिएको छ ।

इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको हुँदा आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गई नोट साटन सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।


क्लिकमान्डु