नागढुंगामा पहिरोले पुरिएका बसबाट १४ वटा शव निकालियो



काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको नागढुंगास्थित झ्याप्ले खोलामा पहिरोमा पुरिएका दुई बसबाट १४ जना यात्रुको शव निकालिएको छ ।

शनिबार बिहान पहिरो जाँदा झ्याप्ले खोलामा माइक्रो बसहरु पुरिएका थिए । पहिरोबाट निकालिएको एउटा माइक्रो बसबाट ५ वटा शव निकालियो भने अर्को बसबाट ९ जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएका दुईवटा माइक्रो बसमध्ये एउटा माइक्रोको नम्बर लु १ ज ४५७८ खुले पनि अर्को यात्रुवाहक माइक्रोको नम्बर खुलेको छैन । दुबै माइक्रो बस र बसहरु एक्साभेटरको सहायताले निकालिएको थियो ।

दुई वटा माइक्रोबसबाट यात्रु निकालिए पनि उनीहरुको पहिचान भइसकेको छैन ।


क्लिकमान्डु