नमस्ते पेको क्यासब्याक अफरः हवाई टिकट र रिचार्जमा क्यास ब्याक




काठमाडौं । नमस्ते पेले क्यासब्याक अफर ल्याएको छ । यसले हवाई टिकटमा एक सय रुपैयाँ र हरेक रिचार्जमा २ प्रतिशत क्यासब्याक तुरुन्तै दिने घोषणा गरेको छ ।

हरेक टिकटमा तत्कालै १०० रुपैयाँ क्यासब्याक दिने र अन्य सेवाहरूमा आकर्षक क्यासब्याक पनि पाइने नमस्ते पेले जानकारी दिएको छ ।

चाडपर्वलाई ध्यानमा राख्दै नमस्ते पे ले हवाई टिकटका साथै अन्य विभिन्न सेवाहरूमा आकर्षक क्यासब्याकको नयाँ अफर सुरु गरेको छ । यो अफर असोज शुक्रबारदेखि लागू भएको भने आगामी कार्तिक ३० सम्म उपलब्ध हुनेछ।

यस अफर अन्तर्गत नेपाल टेलिकमका सेवामा रिचार्ज, ल्यान्डलाइन, इरन्टरनेटको बिल भुक्तानी तथा एनसेल रिचार्ज गर्दा नमस्ते पे प्रयोगकर्ताहरूले २५ क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

क्यासब्याक हरेक टिकट र हरेक पटकको टप अप तथा बिल भुक्तानीमा लागू हुनेछ । प्रयोगकर्ताहरूले नमस्ते पे मार्फत जति धेरै लेनदेन गर्नेछन्, उति नै धेरै क्यासब्याक पाउनेछन्।

यसका सेवाको जानकारी लिन एस्टिडीक ५०० ह्यास डायल गरेर नमस्ते पे प्रयोगकर्ताहरूले अफलाइन सेवाहरूको फाइदा लिन सक्दछन् ।


क्लिकमान्डु