झापाको भद्रपुरमा सर्वोत्तम सिमेन्टको निःशुल्क स्वास्थ्य शिविर



काठमाडौं । सर्वोत्तम सिमेन्टको आयोजनामा झापाको भद्रपुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । ‘सुखद जीवनका लागि हौं निरोगी’ नारासहित सर्वोत्तम सिमेन्टले भद्रपुर नगरपालिका वडा नं. ९ मा रहेको सर्वोत्तम ईष्ट प्रालिको कारखानास्थलमा स्वास्थ्य शिविर आयोजना गरेको हो ।

शिविरमा जम्मा १ सय ६ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् । त्यस क्रममा कम्पनीले निःशुल्क औषधि समेत वितरण गरेको थियो । कम्पनीका अनुसार शिविरमा वरिष्ठ फिजिसियन तथा वरिष्ठ गाइनोकोलोजिष्ट लगायत अन्य १२ जना सहयोगीहरुले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

साथै, शिविरमा भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्की, वडा नं. ९ का वडा अध्यक्ष राम प्रसाद दाहाल, प्रगति टोल विकास समितिका अध्यक्ष टेक बहादुर रोक्का साथै उद्योगका प्रतिष्ठित व्यक्तित्वहरु अतिथिका रुपमा उपस्थिति रहेका थिए ।

आफ्नो सामाजिक उत्तरदायित्व वोध गर्दै कम्पनीले यस्तो निःशुल्क स्वास्थ्य शिविरको कार्यक्रम ल्याएको जनाएको छ । साथै आगामी दिनहरुमा पनि यस प्रकारका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै जाने कम्पनीले प्रतिबद्धता व्यक्त गरेको छ ।


क्लिकमान्डु