पर्याप्त पार्किङका साथ २४सै घण्टा सेवा प्रदान गर्दै जमल विश्वज्वती महलमा ‘राजा लन्ज एन्ड क्लब’ सञ्चालनमा 



काठमाडौँ । शान्त वातावरणमा लाइभ मिउजिकका साथ स्वादिष्ट परिकार अनि पार्किङको सुविधा एकै ठाउँमा पाउन काठमाडौँमा मुस्किल नै छ । 

यस्ता समस्यालाई समाधान गर्दै यथेष्ट पार्किङका साथमा मनोरञ्जनका साथै विभिन्न खानाको स्वाद अनि लाइभ मिउजिकको नयाँ थलोका रूपमा जमलको विश्वज्वती महलमा राजा लन्ज एन्ड क्लब सञ्चालनमा आएको छ । 

खाना बस्न तथा मनोरञ्जनका साथै २४ सै घण्टा सेवाका साथै पर्याप्त पार्किङ यो क्लबको विशेषता भएको सञ्चालक शैलेस श्रेष्ठले जानकारी दिए । 

रात्रिकालीन र दिवाकालीन सेवासँगै, राजा लन्ज एन्ड क्लबले स्थानीय स्वदेशी एवं विदेशी पाहुनाहरूको लागि एक नयाँ जमघटको थलोको विकास गरेको उनले बताए । विभिन्न स्वदेशी एवं विदेशी खानाका साथ लाइभ मिउजिकको मज्जा लिँदै आनन्द लिन चहानेहरुको लागि राजा लन्ज  एन्ड क्लब एक उपयुक्त स्थान भएको उनले बताए। क्लबको वातावरण र सेवाले जो कोहीलाई पनि अद्वितीय अनुभव प्रदानमा आफू विश्वस्त भएको श्रेष्ठले बताए ।

साँझ सात बजेदेखि राती दुई बजेसम्म लाइभ मिउजिकको व्यवस्थासहित विभिन्न खानाहरूको मज्जा लिने उपयुक्त थलोका रूपमा यो क्लब सञ्चालनमा आएको अर्का सञ्चालक राजकुमार शाहले जानकारी दिए । उनका अनुसार विभिन्न स्वादका खाना सहित सांस्कृतिक कार्यक्रमको मज्जा लिन यहाँ सकिन्छ जसले क्लबको माहोललाई अझै रमाइलो बनाएको छ ।

शाहका अनुसार क्लबमा जन्म दिन तथा विभिन्न ग्यादरिङका साथै पार्टी गर्न पर्याप्त स्थानका साथ सुविधा समेत रहेको छ । 

जन्म दिन मनाउन साथीभाइ गेट टुगेदर गर्न तथा अन्य भेटघाटका लागि आफ्नो सवारी साधनको पर्याप्त पार्किङ समेतको व्यवस्था रहेका कारण क्लब युवा तथा अन्य माझ निकै लोकप्रिय साबित भएको छ ।  


क्लिकमान्डु