कोशीमा यात्रुवाहक बस खस्यो, ३० यात्रुको उद्धार



विराटनगर । विराटनगरबाट गाईघाटतर्फ जाँदै गरेको को २ ख ४६०१ नम्बरको यात्रुवाहक बस बिहीबार साँझ सप्तकोशी नदीमा खसेको छ ।

बस दुर्घटनाको क्रममा नदीबाट ३० यात्रुलाई उद्धार गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी विपीन रेग्मीले क्लिकमान्डुलाई जानकारी दिए ।

कोशी पुलबाट बस नदीमा कसरी खस्यो र बसमा कति यात्रु सवार थिए भन्ने खुलेको छैन । तर अहिलेसम्म यात्रु हताहत भएको खबर पुष्टि नभएको एसपी रेग्मीले बताए । केही यात्रुको शरीरमा भने सामान्य चोट लागेको छ ।


क्लिकमान्डु