नेपालमा जतिबेलामा पनि इन्टरनेट बन्द हुनसक्छ, सरकारले सहजीकरण गरेन: आइस्पान अध्यक्ष पराजुली



काठमाडौं । नेपालमा जतिबेला पनि इन्टरनेट बन्द हुनसक्ने चेतावनी इन्टरनेट सेवाप्रदायकहरुको संस्था (आइस्पान)का अध्यक्ष सुधीर पराजुलीले दिएका छन्।

सरकारले नेपालका इन्टरनेट सेवाप्रदायकलाई ब्याण्डविथ खरिद गरेवापतको शुल्क भुक्तानी गर्न विदेशी मुद्रा सटहीको सिफारिश नदिएका कारण भएको बक्यौताका कारण इन्टरनेट जतिबेला पनि बन्द हुनसक्ने उनले चेतावनी दिए ।

सेवाप्रदायकहरुले व्याण्डविथ खरिद गरेवापतको शुल्क ७ अर्ब रुपैयाँ भन्दा बढी पुगिसकेको छ । यसअघि पनि नेपालमा व्याण्डविथ आयत रोकिएको भन्दै एक दिन सेवा अवरुद्ध भएको थियो । यस्तो सेवा अवरुद्धको अवस्था फेरि पनि आउन सक्ने भन्दै आइस्पानले सरकारले सहजीकरण गरिदिनुपर्ने माग गरेको छ ।

सेवाप्रदायकले करिब २ वर्षदेखि नेपाल दूरसञ्चार प्राधिकरणबाट ग्राहकलाई दिने बढी क्षमताको इन्टरनेट दिन अप्रुभलसमेत नदिएको गुनासो सेवाप्रदायकले गरेका छन् । बजारमा सेवाप्रदायकले दिन सक्ने क्षमतालाई पनि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले रोकेको गुनासो इन्टरनेट सेवाप्रदायकको छ ।

आइस्पानका अध्यक्ष सुधीर पराजुलीले पैसा भुक्तानी नगरे भारतले इन्टरनेट बन्द गरिदिने चेतावनी दिइसकेको बताए । ‘इन्टरनेटलाई अत्यावश्यक सेवामा राखिएको छ तर सरकारले नै सहजीकरण नगरेका कारण जतिबेला पनि इन्टरनेट बन्द हुने डर छ,’ उनले भने ।

आइस्पानका अध्यक्ष सुधीर पराजुलीसँग इन्टरनेटको सेवाको गुणस्तर र सेवाप्रदायकको गुनासोसहतिको विषयमा केन्द्रित रहेर क्लिकमान्डुका राजु बास्कोटाले गरेको कुराकानी:


क्लिकमान्डु