पुनर्बिमा कम्पनीको ७ लाख कित्ता संस्थापक सेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । विशाल ग्रुपको स्वामित्वमा रहेको नेपाल पुनर्बिमा कम्पनीको ७ लाख कित्ता संस्थापक सेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन हो ।

आज कार्यालय समयसम्म यसमा आवेदन दिन सकिनेछ । लिलामी सेयरमा कम्पनीका बिद्यमान संस्थापक सेयरधनीले आवेदन दिन पाउनेछन् ।

यसमा न्यूनतम ४५० रुपैयाँ वा सो भन्दा बढी मूल्य कायम राखी गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम १ लाख देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ ।


क्लिकमान्डु