श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षे नेपाल भ्रमणमा



काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । राजापाक्षे निजी भ्रमणको रुपमा लुम्बिनी घुम्न आएको बताइएको छ ।

आर्थिक संकटसँगै श्रीलंकामा भएको देशव्यापी विद्रोहको क्रममा राजापाक्षे नै राष्ट्रपति थिए । तर आन्दोलन चर्किएपछि राजापाक्षे देश छाडेर भागेका थिए । पछि भने उनी स्वदेश फर्किएर श्रीलंकामा नै बसेका थिए ।

श्रीलंकामा हलै सम्पन्न राष्ट्रपति निर्वाचनबाट अनुरा कुमारा दिसानायके राष्ट्रपति निर्वाचित भएपछि राजापाक्षे नेपाल भ्रमणका लागि आएका हुन् ।

उक्त निर्वाचनमा राजापाक्षेले आफ्ना भतिज नमल राजापाक्षेको पक्षमा मत मागेका थिए । राजापाक्षे परिवारको पुरानो राजनीतिक ‘लिगेसी’का बावजुद नमल भने लज्जास्पद रुपमा पराजित बने । नमल गोटाबायाका दाजु महिन्दाको जेठो छोरा हुन् ।

गोटाबाया श्रीलंकाका पूर्वराष्ट्रपति एवं पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षेका भाइ हुन् । गोटाबाया श्रीलंकन एयरलाइन्सबाट सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।

काठमाडौंस्थित श्रीलं‌कन दूतावासले उनको भ्रमणको व्यवस्थपन गरेको बताइएको छ । श्रीलंकामा भने नवनिर्वाचित राष्ट्रपति दिसानायकेले शपथग्रहण गरेका छन् ।


क्लिकमान्डु