हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीईओमा अन्जु श्रेष्ठ नियुक्त



काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अन्जु श्रेष्ठ नियुक्त भएकी छीन् ।

भदौ २७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले श्रेष्ठलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।

ललितपुर महानगरपालिका १० ज्वागल बस्ने श्रेष्ठ यसअघि कम्पनीमा नायव प्रमुख कार्यकारी अधिकृत थिइन् । उनको कार्यकाल असोज १८ गतेदेखि सुरु हुनेछ ।


क्लिकमान्डु