ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का



काठमाडौं । ताप्लेजुङ जिल्लाको ल्होनाक आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरात १२ बजेर ८ मिनेटमा ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रिक्टरस्केलको भूकम्प भएको हो । भूकम्पको प्रभाव देशको पूर्वी क्षेत्रमा परेको छ ।

यसअघि यही भदौ १८ गते सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर चार दशमलव दुई रिक्टरस्केलको भूकम्प भएको थियो ।


क्लिकमान्डु