मुद्रास्फीति गणना गर्न राष्ट्र बैंक आफैंले घरपरिवार बजेट सर्वेक्षण गर्नुपर्छ: नरबहादुर थापा



काठमाडौं । मुद्रास्फीति गणनाका निमित्त नेपाल राष्ट्र बैंक १० वर्षपछि नयाँ मूल्य सूचकांक निर्माण गर्ने क्रममा छ । त्यसका लागि छैठौं पारिवारिक बजेट सर्वेक्षण गर्नुपर्ने बेलामा राष्ट्र बैंक अन्योलमा परेको छ ।

आफैं सर्वेक्षण गरेर खर्चभार निकाल्ने कि राष्ट्रिय तथ्यांक कार्यालयले गरेको चौथो नेपाल जीवनस्तर सर्वेक्षणका आधारमा आम उपभोक्ताको खर्चभार लिएर सोहीअनुसार बजार केन्द्र तय गरी मुद्रास्फीति निकाल्ने भन्ने द्विविधामा राष्ट्र बैंक छ ।

तर, राष्ट्र बैंक आफैं पारिवारिक बजेट सर्वेक्षण नगरी चौथो जीवनस्तर सर्वेक्षणका आधारमा भारांक तय गर्ने सुरमा छ ।

यो परिस्थितिमा राष्ट्र बैंक अनुसन्धान विभागका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापालाई क्लिकमान्डुले प्रश्न गरेको छः
केन्द्रीय बैंकले निकाल्ने महँगी दर र बजारको वास्तविकताबीच किन आकाशपातालको अन्तर हुन्छ ? मुद्रास्फीति गणना कसरी गर्ने ताकि महँगीको यो तथ्य यथार्थपरक, वास्तविक र सबैले व्यवहारमा भोगेको जस्तो होस् ?

प्रस्तुत छ, क्लिकमान्डुका रोविन पौडेलले थापासँग गरेको कुराकानी ।


क्लिकमान्डु