प्रभु महालक्ष्मी लाइफको लाभांश घोषणा, कति आउँदैछ हकप्रद ?




काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।

आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/०८० को नाफाबाट लाभांश दिने प्रस्ताव गरेको हो ।
कम्पनीले उक्त आवको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

आइतबार बसेको बैठकले छैठौ साधारण सभाबाट तत्कालिन चुक्ता पुँजीको १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय भएकोमा उक्त निर्णय पुनरावलोकन गरी बोनस सेयर पश्चात कायम हुने चुक्ता पुँजीको ७ प्रतिशत बराबरको हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ ।

बोनस र हकप्रद सेयर जारी गरेपछि ५ अर्ब ५ करोड ६३ लाख ९२ हजार रुपैयाँ चुक्ता पुँजी कायम हुने छ । कम्पनीले असोज २३ गते सभा गर्ने भएको छ ।


क्लिकमान्डु