कोरोना बिमाको दाबी भुक्तानी माग गर्दै परेको रिट अब्दुल मुसलमानको इजलासमा
काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी गर्न माग गर्दै नेपाल बीमक संघ सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासमा परेको छ ।
संघले आइतबार सर्वोच्च अदालतमा सम्झौता गरे अनुसार कोरोना बिमाको दाबी भुक्तानी नगरेको भन्दै सरकारलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेको थियो ।
कोरोना बिमा गर्नेको करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । रिटमा उक्त रकम उपलब्ध गराउन सरकारलाई आदेश दिन माग गरिएको छ ।
नेपाल बीमक संघको तर्फबाट महासचिव अशोक कुमार खड्का समेत जना १३ जनाले रिट निवेदन दायर गरेका थिए ।
संघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र बिमा प्राधिकरणलाई विपक्षी बनाएको छ । पेशी आज १० नम्बरमा परेको छ ।