साइमेक्स इंक र बीवाईडीले गरे ‘साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन’को घोषणा



काठमाडौं । बिवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले न्यु इनर्जी भेइकलको ग्लोबल लिडर बीवाईडीसँगको सहकार्यमा साइमेक्स बिवाईडी च्यारिटी फाउन्डेसनको स्थापना गरेको घोषणा गरेको छ ।

फाउन्डेसनमा साइमेक्स इंकले १ करोड रुपैयाँ योगदान गर्नेछ भने प्रत्येक बिवाईडी गाडी बिक्री वापत १० हजार रुपैयाँ फाउन्डेसनमा जम्मा गर्नेछ ।

घोषणा समारोहमा बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका जनरल म्यानेजर लिउ स्वेलियाङले ग्राहकले किन्ने प्रत्येक बीवाईडी गाडीबापत १० हजार रुपैयाँ साइमेक्स बीवाईडी फाउन्डेसनलाई उपलब्ध गराउने घोषणा गरे । यो पहलले कुनै पनि कार्यमा महत्पूर्ण प्रभाव पार्ने गरी समुदायलाई संलग्न गराउने बीवाईडी र साइमेक्सको सामुहिक लक्ष्यतर्फ संकेत गर्ने दाबी गरिएको छ ।

यसका साथै साइमेक्स इंक प्रालिका अध्यक्ष अनिल श्रेष्ठले फाउन्डेसन शुभारम्भका लागि साइमेक्स इंकले १ करोड रुपैयाँ योगदान गर्ने घोषणा गरे ।  

शिक्षा, स्वास्थ्य सेवा र दिगो विकास जस्ता समाजमा भएका सबैभन्दा ठूला चुनौतीहरुलाई सम्बोधन गर्ने कार्यमा फाउन्डेसन केन्द्रित हुनेछ । यसरी जम्मा गरिएको सहयोग रकम र अन्य सामूहिक प्रयासलाई नेपाली जनताको जीवनस्तर सुधार गर्न र राष्ट्रको प्रगतिमा योगदान पुर्‍याउन समर्पित गरिने छ ।

बीवाईडी नेपालका प्रतिष्ठित ब्रान्ड एम्बेसडर हरिबंश आचार्यले साइमेक्स इंक र बीवाईडीले यसरी समुदायमा वास्तविक फरकपनको अनुभव गराउन गरेको अर्थपूर्ण पहलका लागि बधाई ज्ञापन गरे ।

 ‘साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन एउटा सामान्य पहल मात्र होइन, यो सबैको सुन्दर भविष्यका लागि हाम्रो प्रतिबद्धता समेत हो । हामी व्यवसाय भन्दा पर रहेर समाजमा योगदान दिने कुरामा विश्वास गर्दछौ र यसका लागि स्थायी र सकारात्मक प्रभाव सिर्जना गर्न प्रतिबद्ध छौ,’ लिउ स्वेलियाङले भने ।

यो फाउन्डेसन साइमेक्स इंक र बिवाईडीको सामाजिक हितको लागि समर्पणको प्रमाण हो भएको दाबी गरिएको छ । जसले व्यावसायिक उद्यम मात्र नभई दिगो विकास र सकारात्मक परिवर्तनको संवाहक समेत बनाएको छ ।


क्लिकमान्डु