भारतबाट जर्मनी जाँदै गरेको विमानमा बम राखेको धम्कीपछि आपतकालीन अवतरण



एजेन्सी । भारतबाट जर्मनी जाँदै गरेको भिस्टारा एयरलाइन्सको विमानमा बम भेटिएको धम्की आएपछि विमानलाई टर्कीमा आपतकालीन अवतरण गरिएको छ ।

टर्कीका अधिकारीहरुका अनुसार शुक्रबार २३४ यात्रु र १३ चालक दलका सदस्यसहितको भीटीआई ०२७ उडान नम्बरको विमान भारतको मुम्बइबाट जर्मनीको फ्रांकफर्टका लागि उडेको थियो ।

तर विमानभित्र बम भेटिएको भनिएपछि पूर्वी टर्कीमा विमान अवतरण गरिएको हो । विमान सुरक्षित रुपमा नै अवतरण गरिएको बताइएको छ । साथै यात्रुहरुलाई पनि टर्कीको एरजुरुम विमानस्थलमा सुरक्षित रुपमा विमानबाट बाहिर निकालिएको छ ।

घटनापछि बम डिस्पोज गरिएको छ भने विमानमा तालिमप्राप्त कुकुर पठाएर अनुसन्धान गरिएको छ । तर शुक्रबार साँझसम्म विमानस्थल वा विमानभित्र कुनै विस्फोट वस्तु पनि नभेटिएको बताइएको छ ।

घटनापछि विमान कम्पनी भिस्टाराले सुरक्षाको कारण देखाउँदै टर्कीको एरजुरुम विमानस्थलमा विमान अवतरण गरिएको जानकारी दिएको छ । तर जहाज सुरक्षित रुपमा नै अवतरण गरिएको भिस्टाराले जनाएको छ ।


क्लिकमान्डु