काठमाडौं विश्वविद्यालयमा बिवाईडीको चार्जिङ स्टेसन उद्घाटन



काठमाडौं । काठमाडौं विश्वविद्यालयले आफ्नो धुलिखेल क्याम्पसमा बिवाईडी चार्जिङ स्टेसन उद्घाटन गरेको छ ।

काठमाडौं विश्व विद्यालयका उपकुलपति भोला थापा र बिवाईडीको एसिया प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ जुलियाङको उपस्थितिमा चार्जिङ स्टेसन उद्घाटन भएको हो ।

विश्वविद्यालयले चार्जिङ स्टेसनको उद्घाटन गरेर दिगोपन र नवप्रवर्तनको दिशामा महत्वपूर्ण कदम चालेको दाबी गरेको छ । कार्यक्रमले केयु र बिवाईडीबीचको सहकार्यमा कोसेढुंगाको भएको बताइएको छ ।

कार्यक्रममा जुलियाङले विद्युतीय सवारीसाधनको महत्त्व र अटोमोटिभ उद्योगमा क्रान्तिकारी परिवर्तन गर्न बिवाईडीको भूमिका खेलेको उल्लेख गरे ।  

उनले  स्वच्छ ऊर्जा प्रविधिहरूमा अनुसन्धान र नवप्रवर्तनलाई अगाडि बढाउन काठमाडौं विश्वविद्यालयसँग बिवाईडीको सहकार्य जस्ता शैक्षिक संस्थाहरू र उद्योगका नेताहरू बीचको साझेदारीको महत्त्वमा जोड दिए । यो सहकार्यले युवाहरु अवसर खोल्ने समेत दाबी गरिएको छ ।


क्लिकमान्डु