
काठमाडौं । आरविवि म्युचुअल फण्ड-१ र २ आयेजनाहरुले गत आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट इकाईधनीलाई प्रतिफल घोषणा गरेको छ ।
बिहीबार बसेको आरवीवी मर्चेन्ट बैंकिङको सञ्चालक समितिको बैठकले प्रतिफल घोषणा गरेको हो ।
फण्ड-१ ले ३.८१ प्रतिशत र फण्ड २ ले ८.७४ प्रतिशत कर सहित प्रतिफल दिने भएको छ ।
कम्पनीले भदौ ३१ गते बुक क्लोज गर्ने भएको छ । भदौ ३१ गतेसम्म कायम रहेका इकाईधनीले घोषणा गरेको प्रतिफल पाउने छन् ।

प्रतिक्रिया