नेपालमा बोटको व्यापार ४ गुणाले बढ्यो: थप प्रिमियम अडियो र लाइफस्टाइल उत्पादन ल्याउँदै



काठमाडौं । भारतको नम्बर १ अडियो र वेयरेवल ब्राण्ड बोट (boAt) ले २०७९ फाल्गुनमा नेपाली बजारमा सार्वजनिक भएसँगै निरन्तर सफलता हासिल गर्दै आएको छ । अहिले नेपाली बजारमा बोटको व्यापार तुलनात्मक रुपमा ४ गुणाले बढेको देखिन्छ साथै आय दोब्बर भएको छ ।

नेपाली बजारको लागि नेपालमा टेलिटक प्राइभेट लिमिटेडसँग सहकार्य गर्दै आएको बोटले नयाँ प्रविधियुक्त प्रिमियम अडियो र लाइफस्टाइल उत्पादनहरुको बजारीकरण गर्दै आफ्नो क्षेत्रीय नेतृत्वलाई अझ सुदृढ बनाउने योजना बनाएको छ ।

नेपालमा सार्वजनिक भएसँगै बोट अडियो र वेयरवल्समा प्रमुख ब्राण्डको रुपमा स्थापित गर्न सफल भएको थियो साथै पछिल्लो दुई आर्थिक वर्षमा निरन्तर रुपमा ब्राण्ड भ्यालुको आधारमा पहिलो र भोल्युमको आधारमा दास्रो स्थान ओगट्न सफल रहेको छ।

बोटले आफ्नो उत्पादनहरुको बढ्दो मागलाई ध्यानमा राखी नेपाली उपभोक्ताहरु माझ नयाँ प्रविधि र उच्च गुणस्तरयुक्त उत्पादनहरु प्रदान गर्ने प्रतिबद्धताका साथ टिडब्लु मोडेलहरू, निर्भाना आईओएन, एयरपड सुप्रिम/एयरपड ९१ का साथ वेबकल २ स्मार्टवाच र र पावरबैंकहरु पनि उपलब्ध गराउँदै छ ।

बोटका उत्पादनहरू अब नेपालभर १ हजारभन्दा बढी रिटेल र मोबाइल पसलहरूमा उपलब्ध छ र ब्राण्डको स्थापनादेखि नै दराजमा एक प्रमुख बिक्रीकर्ताको रूपमा प्रस्तुत भइरहेको छ । दराजमा उपलब्ध बोटका ८० प्रतिशतभन्दा एसकेयूहरुले ४ स्टारभन्दा माथिको रेटिङ प्राप्त गरेका छन्, जसले उपभोक्ता सन्तुष्टि र विश्वासलाई देखाउँछ ।

बोटले नेपालभर १० भन्दा बढी टचप्वाइन्टहरुबाट ग्राहकलाई वारेन्टी लगायतका विभिन्न सेवाहरु प्रदान गर्दै आएको छ । यसै कारणले बोट नेपाली बजार तथा ग्राहक सेवामा समर्पित रहेको प्रमाण पनि गर्छ र बोटलाई अन्य ब्राण्डहरू भन्दा भिन्न दर्शाउँछ।

नेपालमा आफ्नो निरन्तर सफलतालाई प्रवर्द्धन गर्न, बोटले यही भदौ २० देखि भदौ २६ (सेप्टेम्बर ५ देखि ११) सम्म दराजमा “boAtheadDAYS” नामक ब्राण्ड वीक सेल आयोजना गरिरहेको छ । यस अवधिमा, ग्राहकहरूले चयन गरेका उत्पादनहरूमा ७० प्रतिशतसम्मको छुटका साथै दयब्त का प्रिमियम अडियो र लाइफस्टाइल उत्पादनहरू किफायती मूल्यमा लिन सक्नेछन् ।


क्लिकमान्डु