७५ हजार आउने अनुमान गरिएको नाडा अटो शोमा ८२ हजारले गरे अवलोकन



काठमाडौं । गाडीहरुको कुम्भमेला नाडा अटो शो-२०२४ आइतबारदेखि पूरा भएको छ ।

मंगलबारदेखि सुरु भएको यो पटकको नाडा अटो शो ६ दिनसम्म चलेको थियो । ८२ हजारभन्दा बढीले अटो शो अवलोकन गरेका छन् । शनिबार एकैदिन नाडामा अवलोकन गर्न साढे १८ हजार पुगेका थिए ।

पहिलो दिन करिब ८ हजारले अवलोकन गरेका थिए । दोस्रो दिन संख्या करिब दोब्बर पुगेको थियो ।  तेस्रो दिन १७ हजारले अवलोकन गरेका थिए । यो पटकको नाडा अटो शोमा ७५ हजार अवलोकनका लागि आउने अनुमान आयोजकले गरेका थिए ।

अघिल्ला वर्षहरुभन्दा यो अटो शो भाइब्रेन्ट देखिएको छ । सिभिल अर्थतन्त्रकाबीच नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको शोले रौनक ल्याएको छ । शनिबारसम्म साना ठूला गरी ४००० भन्दा सवारीसाधनको बुकिङ भएको छ ।

चिनियाँ ईभीमय बनेको यो पटकको नाडा अटो शोमा बिजुली गाडी किन्न मानिसहरुको भीड लागेको छ । सरकारले सहुलियत दिएका कारण नेपालमा ईभीको बाढी आइरहेको छ ।

नाडा अटो शो हेर्न राजदूतदेखि कलाकार, उद्योगी समेत पुगेका थिए । नेपालका लागि चिनियाँ राजदुत चेन सोङसमेत नाडामा पुगेका थिए।


क्लिकमान्डु