टाटा पन्च ईभीको माग बढ्दै, नाडामा ५ सयभन्दा धेरै बुकिङ हुने अपेक्षा



काठमाडौं । नाडाको पहिलो दिनमै १ सय युनिटभन्दा बढी बुकिङसहित बिक्री सुरु भएको टाटा पन्च ईभीको पाँचौं दिनमा ४ सय ६८ युनिट बुकिङ भइसकेको सिप्रदी ट्रेडिङले जनाएको छ ।

टाटा पन्च ईभीको स्टलमा आइतबार पनि उपभोक्ताहरुको भीडभाड छ । टाटाको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङका प्यासेन्जर भेइकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिका अनुसार नाडा अटो शो को अन्तिम दिनसम्म आइतबार साँझसम्म ५ सय युनिट बुकिङ हुने अपेक्षा गरिएको छ ।

टाटा पन्च ईभी सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँमा सार्वजनिक गरिएको हो । यो सुरुवाती भेरिएन्टमा पनि ग्राहकहरुले सनरुफको आनन्द लिन सक्नेछन् ।

यो मूल्य नाडासम्मलाई मात्र रहेको र पछि बढ्ने कम्पनीले जनाएको छ। साथै नाडामा गाडी किन्ने ग्राहकहरुलाई सिप्रदीको चार्जिङ स्टेसनमा निःशुल्क चार्जिङको पनि घोषणा गरिएको छ ।

नाडा अटो शो २०२४ मा सहभागी धेरै कम्पनी र उनीहरुले डिस्प्ले गरेका विभिन्न मोडलका गाडीहरु मध्ये सर्वाधिक आकर्षण मानिने स्टल टाटाको स्टल समेत रहेको छ । टाटाले हालै नेपाली बजारमा सार्वजनिक गरेको पन्च ईभीले विशेष चर्चा पाइरहेको छ ।


क्लिकमान्डु