पोखरा र भैरहवाबाट उडान गर्ने विमानलाई इन्धनमा सहुलियत, प्रतिकिलोलिटरमै सय डलर सस्तो




काठमाडौं । काठमाडौं बाहिरबाट उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवाले हवाई इन्धनमा सहुलियत पाएका छन् ।

नेपाल आयल निगमले आइतबारबाट जारी गरेको नयाँ हवाई मूल्यको सूचीमा काठमाडौं बाहिर पोखरा र भैरहवाबाट उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवालाई हवाई इन्धनमा प्रति किलोलिटरमै एक सय अमेरिकी डलर सहुलियत दिएको छ ।

निगमका अनुसार भैरहवा र पोखरा विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानका वायुसेवालाई प्रति किलोलिटर अमेरिकी डलर ९०५ मात्रै लिने भएको छ । यस्तो इन्धनको शुल्क काठमाडौंको तुलनामा एक सय अमेरिकी डलरले सस्तो हो । काठमाडौंको लागि अन्तर्राष्ट्रिय उडानका वायुसेवाले प्रति किलो लिटर अमेरिकी डलर १००५ हवाई इन्धनको मूल्य तिर्नेपर्ने छ ।

आयल निगमले काठमाडौं बाहिरबाट हुने उडानलाई प्रवद्धन गर्न र वायुसेवा कम्पनीलाई प्रोत्साहन स्वरुप प्रति किलोलिटर नै १०० डलर सहुलियत दिनु सकारात्मक भएको एक वायुसेवा कम्पनीका कर्मचारीले बताए । उनका अनुसार काठमाडौं विमानस्थलको चाप कम गर्न र बाहिरबाट उडान प्रोत्साहन गर्न सरकारले वायुसेवा कम्पनीलाई सहुलियत सुविधा दिएको हो ।

यो सुविधापछि अन्तर्राष्ट्रिय उडानका वायुसेवाले नाफाको सुनिश्चिता हुने महसुस गरेर सम्बन्धित विमानस्थलमा उडान गर्न जाने बुझाइ ती वायुसेवा कम्पनीको छ ।

सरकारले काठमाडौबाट हुने अन्तर्राष्ट्रिय उडानको लागि प्रवद्धन गर्नेकै लागि ग्राउण्ड ह्याण्डलिङमा ५० प्रतिशत छुट, पार्किङ तथा एरोनटिकल र नन एरोनटिक शुल्कमा छुट दिइरहेको पनि उल्लेख छ ।

सरकारले विदेशी ऋणमा बनाएका विमानस्थल सञ्चालन हुन नसक्दा ऋणको दायित्व मात्रै बढ्दै गएको छ । ऋणमा बनेका यी दुई विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा सरकारलाई ऋणको किस्ता तिर्ने समस्या परिरहेको छ । ख


क्लिकमान्डु