मूल्य घटेपछि हवाई भाडा घट्दै



काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएपछि हवाई भाडा घट्ने भएको छ । निगमले आइतबारबाट आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १३७ रुपैयाँबाट १३२ रुपैयाँ कायम गरेको छ ।

निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएका कारण वायुसेवा कम्पनीहरुले इन्धन वापतको शुल्क घटाउने भएका छन् । वायुसेवा सञ्चालक संघका अनुसार इन्धनवापतको मूल्य घट्दा यात्रुले तिर्ने कुल टिकटको मूल्य घट्ने भएको छ ।

वायुसेवा सञ्चालक संघका अनुसार इन्धनको मूल्य घट्दा भाडा घटाउने र बढ्दा बढाउने नीतिसँगै कुन गन्तव्यको लागि कति घटाउने भनेर आन्तरिक तयारी भइहरेको छ । उक्त तयारीपछि सबै गन्तव्यमा जाने हवाई भाडाको नयाँ सूची सार्वजनिक हुने भएको छ ।

वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौं विमानस्थललाई आधार बनाएर हवाई यातायातको टिकेट मूल्य तय गरिएको र सोही अनुसार घटेको सूची पनि तयार हुँदै छ ।

काठमाडौंबाट विभिन्न गन्तव्यमा जाने र प्रादेशिक उडानको गन्तव्यमा लाग्ने भाडादर तय गरेर सार्वजनिक गर्न लागिएको पनि संघले क्लिकमान्डुलाई बताए ।


क्लिकमान्डु