पन्च ईभी बन्यो नाडाको ‘हट केक’, ३ सयभन्दा बढी बुकिङ



काठमाडौं । राजधानीको भृकुटीमण्डपमा नाडा अटो शो को १६ औं  संस्करण मंगलबारदेखि चलिरहेको छ । आइतबारसम्म चल्ने अटो शो अधिकांश चिनियाँ ईभी स्टलले भरिएका छन् । मानिसहरुको भीडभाड पनि चिनियाँ  ईभी स्टलमा छ ।

एउटा अर्को स्टलमा पनि भीडभाड छ, त्यो भीडभाड टाटाको नेपालका लागि आधिकारिक बिक्रेता  सिप्रदी ट्रेडिङको स्टलमा देखिन्छ । नाडा अटो शो-२०२४ मा टाटाको पन्च ईभी ‘हट केक’ बनेको छ ।

अटो शो को पहिलो दिन नै १०० युनिट बिक्री बढेको छ । अहिलेसम्म ३०० युनिट बढी बुकिङ भइसकेको छ । कारण- यो सस्तो मूल्यमा पाइने एसयुभी ईभी हो । सिप्रदी लिगेसी भएको व्यवसायिक घराना हो । यो घरानामा मानिसहरुले विश्वास गर्छन् । चिनियाँ ईभीको विकल्पमा उनीहरुले यो कार मनपराईरहेको बुझिएको छ । धेरैले चिनियाँ राम्रो भएपनि भविष्य के हो भन्दै प्रश्न गर्नेछन् ।

नेपाली बजारमा पन्च ईभी तीन भेरियन्टमा उपलब्ध हुने छ । पन्च ईभी इमपावर्ड प्लस एस एमआर ३३ लाख ९९ हजार, पन्च ईभी इमपावर्ड एलआरको मूल्य ३६ लाख ९९ हजार र पन्च ईभी इमपावर्ड प्लस एसएलआर ३८ लाख ९९ हजार पर्ने छ । पन्च ईभी इमपावर्ड प्लस एस एमआर भने नेपाली बजारमा उपलब्ध छैन् ।

उत्कृष्ट एक्ट इभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित पहिलो उत्पादन पन्च इभी अत्याधुनिक प्रविधियुक्त रहेको कम्पनीले दाबी गरेको छ । साथै, पर्यावरणमैत्री एवं खर्चको दृष्टिकोणले किफायति रहेको छ ।

एक विशेष इलेक्ट्रिक एसयूभीमा हुनुपर्ने हरेक गुण पन्च इभीमा रहेको कम्पनीको भनाइ छ । १६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्‍याम्प ओभर एंगल्स लगायतका बिशेषताहरु रहेका छन् । यसका साथै यस गाडीमा ९० डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बूट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको कम्पनीले जनाएको छ ।

भारतमा लोकप्रिय टाटा पन्च मासिक रुपमा अठार हजार युनिटभन्दा बढी बिक्री भइरहेको कम्पनीले जनाएको छ । यस गाडी भारतीय अटो बजारमा कम्प्याक्ट एसयूभीको रुपमा स्थापित भएको छ ।

पन्च सर्ट रेन्ज (एसआर) सर्ट रेन्ज मोडलमा २५ किलोवाट आवरको ब्याट्री छ । जुन टियागो ईभीकोभन्दा १ किलोवाट आवर ठूलो ब्याट्री हो ।

लङ रेन्ज मोडलमा ३५ किलोवाट आवरको ब्याट्री  छ । पन्च ईभीको स्ट्याण्डर्ड भेरियन्टमा ६० किलोवाटको मोटर छ । यसले ८२ हर्स पावर र ११४ न्युटन मिटर टर्क जेनेरेट गर्छ । लङ रेन्ज भेरियन्टमा ९० किलोवाटको इलेक्ट्रिक मोटर दिइएको छ। यसले १२२ हर्स पावर र १९० न्युटन मिटर टर्क जेनेरेट गर्दछ ।


क्लिकमान्डु