सेयर होल्डर पाइलटहरुले नियम पालना नगर्दा हवाई दुर्घटना बढ्यो : महानिर्देशक अधिकारी



काठमाडौं । सेयर होल्डर पाइलटहरुले नियम पालना नगर्दा हवाई दुर्घटना बढेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताएका छन् । पाइलटले नै हवाई नियमको पालना नगर्दा हवाई दुर्घटना बढेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीले बताएका छन् । अधिकारीले हवाई सुरक्षाको नियम पाइलटहरुले पालना नगर्दा धेरै हवाई दुर्घटना भएको एक सार्वजनिक कार्यक्रममा बताएका हुन् ।

उनले पछिल्लो दुई वर्षमा धेरै शेयर होल्डर पाइलटहरुले उडाएको हेलिकप्टर दुर्घटना भएर भएका छन् । त्यसबाट भएको मानवीय क्षतिको जिम्मा कसले लिने ? भन्दै वायुसेवा सञ्चालकहरुमाथि प्रश्न गरे । उनले सेयर होल्डरले हेलिकप्टर उडान नगर भनेर सर्कुलर गर्दा त्यस बिरुद्ध सर्वोच्च गएर उडान गर्दा कति शेयर होल्डर पाइलटहरु दुर्घटनामा परेकाले सञ्चालकहरुले सोच्न आवश्यक परेको पनि उनको भनाइ छ ।

बिहीवार वायुसेवा सञ्चालक संघले आयोजना गरेको हवाई सुरक्षा सम्बन्धि एक कार्यक्रममा बोल्दै महानिर्देशक अधिकारीले भने ‘नेपालको हवाई सुरक्षामा दाग लागेको ९८ वटा दुर्घटना हवाई सुरक्षा नियम लागू नगरेर भएको हो । उनले नेपालका पाइलटहरुले नागरिक उड्डयन प्राधिकरणले बनाएको नियम भन्दा बाहिर गएर खराब मौसममा भित्र जहाज उडाउँदा दुर्घटना भएको हुने गरेको दाबी गरे ।

महानिर्देशक अधिकारीले नेपाली पाइलटहरुले गोर्खाली बहादुरी धेरै देखाउँदा ९८ वटा दुर्घटना बादलभित्र जहाज लैजाँदा भएको प्रमाणित भएको बताए । उनले हवाई दुर्घटना वृद्धि हुँदा अनुभवि पाइलट र राज्यले धेरै क्षति व्यहोरेको भन्दै अब हवाई उडानलाई सुरक्षित बनाउने विषयमा गम्भिर हुन आवश्यक छ ।’ उनले विश्वमा नभएका हवाई दुर्घटना नेपालमा भएको भन्दै धेरै हवाई दुर्घटनाहरु बादलभित्र वा खराब मौसममा छिर्दा पहाडमा ठोक्किने तथा रुखमा पर्ने गरेको बताए ।

उनले भने ‘आँखाले हेरेर गरिने (भीएफआर)मा खराब मौसम हेरेर उडान गर्नुपर्ने नियम बनाएको भएपनि पाइलटहरुले पालना नगरेको बताए ।

उनले भने ‘तथ्याङ्क हेर्दा धरै अग्रज पाइलटहरुको हवाई दुर्घटनामा मुत्यु भएको देखिन्छ। तर यसमा जहाजमा गम्भिर समस्या भएर हवाई दुर्घटना भएको देखिदैन् ।’ वायुसेवा सञ्चालकहरु पनि धेरै माथि जान वा पैसा कमाउन हतार भएकाले सेयर होल्डरले उडान नगर भन्दा रेगुलेटर विरुद्ध सर्वोच्च पुगेकाले ठूलो क्षति हुन पुगेको दाबी पनि उनले गरे ।


क्लिकमान्डु